मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गरिने, पाँच बुँदे सहमति

यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गरिने, पाँच बुँदे सहमति

images
२०८१ कार्तिक २४ गते, शनिवार
२०८१ कार्तिक २४ गते, शनिवार
  • काठमाडौं। हवाई भाडा नियन्त्रण तथा सहज हवाइ टिकटको उपलब्धताका लागि पाँच बुँदे सहमति भएको छ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग शनिबार हवाइ भाडा नियन्त्रण गर्ने र यात्रुलाई सहज रुपमा हवाइ टिकट उपलब्ध गराउने गरि पाँच बुँदे सहमति गरेको हो।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो पछि प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको संयुक्त बैठकमा पाँच बुँदे सहमति भएको हो।

    सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ। यो सहमतिलाई सबै वायुसेवा कम्पनीहरुले पालना गर्नु पर्ने भनिएको छ।

    त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता `प्राइसिङ´ बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति भएको छ।

    यस्तै बैठकले सबै वायुसेवा संचालकहरुले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय भएको छ। यसो गर्दा तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने ब्यवस्था मिलाउने जिम्मा वायुसेवा संचालकको हुने भनिएको छ।

    त्यस्तै हवाइ भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत सहमति भएको छ।

    हवाई भाडासम्बन्धी गुनासो सुन्ने व्यक्तिको रुपमा क्यानले प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई तोकेको छ।

    बैठकमा क्यानका तर्फबाट महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरु सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend