मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भैरहवामा एकैदिन तीन अन्तर्राष्ट्रिय उडान, जजिरा आएर फर्कियो

भैरहवामा एकैदिन तीन अन्तर्राष्ट्रिय उडान, जजिरा आएर फर्कियो

images
२०८१ कार्तिक २४ गते, शनिवार
२०८१ कार्तिक २४ गते, शनिवार
  • रुपन्देही । मुलुकको चर्चामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थल भैरहवामा आज एकै दिन तीन अन्तर्राष्ट्रिय उडान हुँदै छ।

    images

    कुवेतको जजिरा एयरवेज आज शनिबार बिहान साढे ७ बजे भैरहवा आएको थियो भने ८ बजे यात्रु लिएर फर्किएको थियो। यस्तै फ्लाइ दुबई अहिले दिउँसो १ बजेर ४५ मिनेटमा भैरहवा अवतरण गरेको छ। सो विमानले २ बजेर ४५ मिनेटमा भैरहवा, काठमाडौँ हुँदै दुबई उडान भर्ने छ।

    images

    केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार पुरै सिट क्षमतामा यात्रु लिएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जजिराले २ जेठ २०७९ मा भैरहवामा पहिलो उडान गरेको थियो।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जजिराले फर्किंदा पनि पूरा सिट क्षमतामा यात्रु लिएर उडान भरेको जानकारी दिए।

    तिवारीका अनुसार जजिराले अब मंगलबार, बिहीबार र शनिबार गरेर हप्तामा तीन दिन नियमित उडान गर्ने तय भएको छ।

    सो विमानस्थलबाट आजै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज अवतरण गर्ने छ। नेपाल एयरलाइन्सले १० बजेर २० मिनेटमा काठमाडौंबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा पुन: काठमाडौं हुँदै दुबई उडान भर्ने तालिका रहेको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए।

    यसअघि नेपाल एयरलाइन्सलेसमेत सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भरेको थियो। नेपाल एयरलाइन्सले भैरहवाबाट मलेसिया उडान गरिरहेको छ। उसले हप्ताको एक दिन भैरहवाबाट उडान गर्दै आएको छ।

    फ्लाई दुबईले भने पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो। योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

    थाई एयर एसियाले गत शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको थियो। थाई एयर एसियाले गत १८ कार्तिकदेखि व्यावसायिक उडान सुरु गरेको थियो।

    एयर एसियाले साताको दुई दिन (सोमबार र बिहीबार) बैंकक उडान गर्नेगरी उडान अनुमति लिएको छ। गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ।

    १ जेठ, २०७९ मा २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend