मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तह उपनिर्वाचन २०८१

अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने तयारी, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदै

अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने तयारी, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदै

images
२०८१ कार्तिक २४ गते, शनिवार
२०८१ कार्तिक २४ गते, शनिवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

    images

    आयोगले सोमबार २६ कार्तिकमा स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको हो।

    images

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका हुन।

    यस्तै ३० कार्तिकमा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारीमा आयोग रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

    आयोगले उम्मेदवारहरूको मनोनयन दर्ता २ मंसिरमा गर्नेछ भने मतदान १६ मंसिरमा हुनेछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।

    स्थानीय तहमा विभिन्न कारणले रिक्त रहेका ४४ पदमा उपनिर्वाचन हुँदैछ। नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख गरी कुल रिक्त ४४ पदहरूमा निर्वाचन हुन लागेको हो।

    आयोगले उम्मेदवारले स्थानीय तहको उपनिर्वाचनमा गर्न पाउँने खर्चको सीमासमेत निर्धारण पनि गरिसकेको छ। जसअनुसार महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन।

    यस्तै उप–महानगरपालिका प्रमुखका लागि ५ लाख ५० हजार, नगरपालिका प्रमुख र उपप्रमुखका लागि ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने गरि सीमा तोकिएको छ।

    वडाध्यक्षका उम्मेदवारहरूको हकमा महानगरपालिकाका वडाध्यक्षका उम्मेदवारहरूले ३ लाख, उपमहानगरपालिकाका वडा अध्यक्षका उम्मेदवारहरूले २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारहरूले २ लाख रुपैयाँ र गाउँपालिकाका उम्मेदवारहरूले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend