मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीन दिने मध्यपुर महोत्सव हुँदै, पाँच लाखले अवलोकन गर्ने

तीन दिने मध्यपुर महोत्सव हुँदै, पाँच लाखले अवलोकन गर्ने

images
२०८१ कार्तिक २३ गते, शुक्रवार
२०८१ कार्तिक २३ गते, शुक्रवार
  • भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा तीन दिने मध्यपुर महोत्सव आयोजना हुने भएको छ।

    images

    आगामी पुस १२,१३ र १४ गते भक्तपुरको मध्यपुर ठिमीमा मध्यपुर महोत्सव-२०८१ आयोजना हुने भएको हो। महोत्सवबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

    images

    मध्यपुर नगरपालिकाका नगरप्रमुख तथा महोत्सव मुल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले स्थानीय कला संस्कृति र सम्पदाको प्रदर्शन गर्दै महोत्सवमार्फत आर्थिक वृद्धिको लक्ष्य लिइएको जानकारी दिए।

    उनले महोत्सवमार्फत मध्यपुर ठिमी नगरपालिकाको मौलिक पेशा,परिकार र उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यसमेत राखिएको बताए। महोत्सवमा स्थानीय उत्पादनका स्टलहरुसमेत राखिने छ।

    पर्यटन विकासका लागि मध्यपुर महोत्सव नाम दिइएको महोत्सवमार्फत मध्यपुरलाई पर्यटकीय गन्तब्यका रुपमा चिनाउन ऐतिहासिक जात्रा तथा पर्वहरुको बारेमासमेत जानकारी गराइने छ।

    आन्तरिक तथा बाह्य पर्यटक गरि कुल
    पाँच लाख ब्यक्तिले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब २ करोड खर्च हुने अनुमान नगरपालिकाको छ। महोत्सव नगरपालिका भित्रका विभिन्न स्थानमा गरि साँढे पाँच किलोमीटर क्षेत्रफलमा आयोजना गरिने छ।

    महोत्सवको अवलोकनमा आउनेले हरियो तरकारी उत्पादन, माटोको भाँडाकुँडा, मुकुण्डो, ढिकीबजी जस्ता परम्परागत पेशाका बारे जानकारी लिन पाउने छन भने प्रदर्शनीमा राखिएका वस्तुसमेत खरिद गर्न पाउँने छन।

    मध्यपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्रवक्ता कृष्णहरी आचार्यले महोत्सवका लागि सबै वडाका वडा अध्यक्षहरुलाई विभिन्न क्षेत्रको ब्यवस्थापनका लागि जिम्मेवारी दिइएको जानकारी दिए।

    महोत्सवमार्फत मध्यपुर ठिमीमा रहेको थिमि, बोडे, नगदेश जस्ता लिच्छविकालीन बस्तीका साथै टिगनी, निकोसेरा, लाहकन्थली लगायतका ऐतिहासिक बस्तीहरू रहेको नगरको ऐतिहासिक कला, पुरातात्विक सम्पदा, संस्कृति, परम्परागत पेशा, मूर्त तथा अमूर्त मौलिक कला र जीवनशैलीबारेमासमेत जान्न सकिने छ।

    मध्यपुर ठिमी नगरपालिका क्षेत्रमा करिब ७५० वटा साना र ठूला मूर्त सम्पदा छन् भने एक सयभन्दा बढी अमूर्त सम्पदा छन् । यस नगरपालिकाको ३२ खटको विस्काजात्रा, म्ये प्वाः खनिगु, जिब्रो छेड्ने जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं, नीलबाराही गण नाच जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें चर्चित छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend