मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आचार्य र खड्कालाई ग्लोबल एएमआर अन्तराष्ट्रिय अवार्ड

आचार्य र खड्कालाई ग्लोबल एएमआर अन्तराष्ट्रिय अवार्ड

images
२०८१ कार्तिक २३ गते, शुक्रवार
२०८१ कार्तिक २३ गते, शुक्रवार
  • काठमाडौं। नेपालका दुई जना पत्रकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर) का विषयमा उत्कृष्ठ रिपोर्टिङ गरे वापत अन्तराष्ट्रिय मिडिया अवार्ड पाएका छन।

    images

    स्वास्थ्य पत्रकारद्वय कल्पना आचार्य र धनवहादुर खड्काले ग्लोबल एएमआर मिडिया अवार्ड प्राप्त गरेका हुन्। आचार्य हेल्थ टिभी अनलाइनकी सम्पादक हुन भने खड्का स्वास्थ्य खबर पत्रिका तथा नेपाल लाइभ टुडेसंग आवद्ध छन्।

    images

    बिहीबार ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा अवार्ड विजेताको नाम घोषणा गरिएको थियो ।

    पुरस्कृत आचार्यले एएमआरका विषयमा भएको युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइलेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङ आधारमा उक्त अवार्ड प्राप्त गरेकी हुन्। उक्त मिटिङ गत सेप्टेम्बरमा सम्पन्न भएको थियो।

    खड्काले भने साउथ इस्ट एशिया रिजनबाट अवार्ड प्राप्त गरेका हुन्। उनले ‘अलार्मिङ एमएमआर : २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शीर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’ लेखेका थिए। सोही समाचारमा उनी यस क्षेत्रबाट पुरस्कृत भएका हुन्।

    विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ।

    विश्व स्वास्थ्य संगठनले ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरेको थियो। जसमा प्रतिष्पर्धीमध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो। त्यसैगरी अर्को युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङको रहेको थियो।

    छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend