काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्य भएको छ।
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी शुक्रबार करिब २ बजेर २० मिनेट जाँदा दैलेखको सिमा क्षेत्र वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा दुर्घटनामा परेको हो।
दुर्घटनामा ३ जनाको घटना स्थलमा नै मृत्युु भएको र अन्य २५ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।



