चितवन। चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हायस माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु भएको छ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २८१२ नं को बस आज विहान करिब ३ बजे एक आपसमा ठोक्किंदा ४ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले दुर्घटनामा परेर अन्य ४ जनासमेत घाइते भएको जानकारी दिए। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ। मृत्यु हुने र घाइते हुने सबै माइक्रोका यात्रु हुन।
मृत्यु हुने मध्ये एक जनाको मात्रै पहिचान भएको छ। गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४० वर्षका राजबहादुर गुरुङको मात्रै पहिचान भएको छ। अन्य तीनजनाको भने पहिचान भएको छैन। मृत्यु हुने अन्यमा एम महिला र अन्य दुई पुरुष छन।
माइक्रोबसका चालकसमेत घाइते छन। उनको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ भने सहचालक सामान्य घाइते छन।



