मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लुक्लामा एकैदिन १८४ उडान, ५३२ पर्यटक भित्रिए

लुक्लामा एकैदिन १८४ उडान, ५३२ पर्यटक भित्रिए

images
२०८१ कार्तिक २२ गते, बिहिवार
२०८१ कार्तिक २२ गते, बिहिवार
  • सोलुखुम्बु। सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन १८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज १८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

    images

    कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै  आज हेलिकप्टरले १५२ तथा जहाजले २३ वटा उडान भरेका हुन्। जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ उडान तथा सीता एयरलाइन्सले ८ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए।

    images

    आज हवाई सेवाबाट मात्रै ३९६ जना विदेशी र १३६ जना नेपाली गरी कूल ५३२ जना पर्यटक लुक्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

    उनका अनुसार उक्त संख्यामा पर्यटक भित्रिँदा ३३६ जना विदेशी र १२६ जना नेपाली गरी कूल ४६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्।

    नाम्चेबाट आज ४७५ जना विदेशी पर्यटक उकालो लाग्दा ३०३ विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्याङ्क छ।

    `सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरु भएकाले फर्किनेक्रम पनि त्यतिकै रहेको छ´, सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने।

    चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ। मंसिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend