मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`गगन देशकै अभियान हो, जिताउनु पर्छ´

`गगन देशकै अभियान हो, जिताउनु पर्छ´

images
२०८२ माघ ८ गते, बिहिवार
२०८२ माघ ८ गते, बिहिवार
  • गगन थापा नेपाली राजनीतिमा विद्यार्थीकालदेखि लागेर सघर्ष गर्दै आएको खारिएको नेता हुन्। उनका सहयोगी साथिहरुपनि त्यस्तै देखिन्छन्। अहिले गगनले नेपाली कांग्रेसको इतिहासमा वर्तमान अवस्थामा ठूलो जोखिम लिएर नेपाली कांग्रेसको बिशेष महाधिवेशन आयोजना गरी त्यसलाई तार्कीक निष्कर्षमा पुर्याए। त्यसबाट उनले कांग्रेसी मनमा मात्र होइन देशभर नै भरोशा जगाए।

    images

    अब नेपाली कांग्रेसले गर्ने भनेको राजनीतिमा राष्ट्रिय तथा अन्तराँष्ट्रिय तहको सन्तुलित राजनीति नै हो। त्यसमा नेपालको लागि राजनीतिक स्थायीत्व, सुशासन, रोजगारी तथा विकास नै। यो कुरा गगन जीलाई जिताएर संघीय संसद प्रतिनिधि सभामा पुर्याउन सकियो भने सम्भावना हुन्छ। यो कसरी हुन्छ भने उनले भोलीका दिनमा सरकारमा पुग्ने,  मन्त्री परिषद कार्यपालिको नेतृत्व गर्ने सम्भावना पनि देखिन्छ।

    images

    कार्यपालिका हाँक्ने प्रधानमन्त्री सदाचारी, नैतिकवान, जिम्मेवार हुनु पर्ने कुरामा दुईमत छैन। हिजोका दिनमा पनि उनले स्वास्थ्य मन्त्री भएर केही प्रभावकारी, सार्थक भरपर्दो काम गरेका छन। उनको स्वास्थ्य, शारीरिक अवस्था, जोश जाँगर, उमेर र अनुभवले पनि साथ दिएको पाइन्छ।

    विपक्षीको भूमिकामा रहँदामा पनि माननीय गगन जब बोल्नकालागि रोष्ट्रमको पोडियममा जान्थे, सबैले सन्नाटा छाएर उनको कुरा सुन्ने गर्दथे। गगन थापानै संसदभित्र रहँदा आम जनतालाई यो नेताले चाँही सरकार, देश र राष्ट्रिय राजनीति हाँक्न सक्दछ भन्ने आशा, भरोसा र तथा विश्वास पनि जगाएको पाइन्छ। 

    यति हुँदा हुदैपनि नेपाली कांग्रेसमा भएका पुराना नेताहरुले धेरै रस्साकस्सि गर्नु भयो, सत्तामा रही पद, पैसा, पावर र प्रतिस्ठालाई सधै आपनो वशमा पार्ने यत्न गरीरहे पनि आखिर युवा नेता गगन र उनका सहयोगि नेताहरुले कठोर संघर्ष गरेर नेपाली कांग्रेसको अग्रगामी नेतृत्व लिएर अगाडि बढेको देखिन्छ।  यसमा पुराना जेष्ठ नेतागणहरुले पनि गगन थापालाई साथ दिएर प्रोत्साहन गर्नु भएको व्यहोराले अवका दिनमा नेपाली कांग्रेसमा एकता र रुपान्तरण, पुस्ता हस्तान्तरणको अभियान जागेको देखिन्छ।

    धमिलो पानीमा माछा मार्ने मान्छेहरु नेपाल जस्तो सानो र सुन्दर रणनीतिक सामरिक महत्वको देशमा धेरै धेरै अगाडि आएका देखिन्छन। तर सबै इच्छुकहरु नायक हुँदैनन्, त्यो प्रतिस्पर्धी नायक हुन्छ जो जसले समस्या बल्झाउदैन वरु सुल्झाउँदछ। मान्छे उराल्दैन बरु सम्हालेर बसाउँदछ। जनसमूदायलाई आश्वस्त गराउँदछ। संसदमा लुगा खोलेर नाँगै असभ्यता प्रदर्शन गरी विरोध गर्दैन बरु आपनो वेशभूषा, संस्कृतिलाई सम्हालेर शिष्ठ, शालीन र प्रखर भएर आपनो विचारको अभिव्यक्ति सम्प्रेषण गर्दछ।

    तसर्थ यो कला, शीप, गुण नेता गगनमा मैले देखेको र पाएको छु। गगन नै योग्य छन भन्ने विश्वासमा देश छ। 
    त्यसकारणपनि अहिलेको सर्लाही ४ निर्वाचन क्षेत्रमा रहेका सबै मतदाता दाजुभाई दिदी वहीनीहरुमा गगनलाई मत दिएर जिताउनु होस भन्ने मेरा विनम्र निवेदन छ।

    गगनले जितेर नेपालमा राजनीतिक स्थायीत्व ल्याउने, सुशासन कायम गर्ने, रोजगारीको अवसरहरु श्रृजना गर्ने र समग्र नेपालको विकास गर्ने काम कुरालाई हामीपनि सँगै मिलेर काम गर्न सक्ने छौ। त्यसमा अन्तर्राष्ट्रिय राजनीतिको सन्तुलनमा नेपालले सधै असंलग्नताकोपरराष्ट्र नीति अपनाएर नेपालका दुई छिमेकी मित्र राष्ट्रहरु भारत तथा चीनका साथमा असल छिमेकी मैत्री सम्वन्ध कायम राख्ने छ।त्यसलाईपनि हामीले निरन्तरता दिन जोडवल गर्नेछौं।

    निर्वाचन अभियान हो, जो जित्नै पर्दछ। त्यसकालागि आन्तरीक, तथा वाहय सवै शक्ति, श्रोत साधन र क्षमताको प्रयोग गरी नेता गगन थापालाई जिताउन हामीले काम गरौ। यसमा सबैको सबैको जित हुन सक्दछ भन्ने मलाई लागेको छ। भलै गगनसँग मेरो व्यक्तिगत चिनजान र भला कुसारी अहिलेसम्म भएको छैन। तर गगन एउटा देशकै अभियान हो। गगन थापालाई जिताउ भन्ने मेरो विनम्र निवेदन छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend