काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ घाटमा पुगेर छठी माताको पुजा आरधना गरेका छन।
रास्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज बिहीबार अपरान्ह छठी माताको पुजा आरधना गरेका हुन।
रास्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आरधना गरेको उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए। त्यहाँ उहाँले सूर्यसहित छठी माताको पूजा आरधना एवं अर्घदान गरेका हुन।
यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताकाे पूजा आरधना गरेका हुन।
राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।



