मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

छठ : अस्ताउँदो सुर्यलाई अर्घ्य दिइयो

छठ : अस्ताउँदो सुर्यलाई अर्घ्य दिइयो

images
२०८१ कार्तिक २२ गते, बिहिवार
२०८१ कार्तिक २२ गते, बिहिवार
  • काठमाडौं। सुर्यदेवको आरधना गर्दै विधिपुर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिइएको छ।
    तराई मधेश तथा पहाडी भेगमासमेत छठलाई आज भव्य रूपमा मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा आज बिहीबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिइएको हो।

    images

    अब भोलि उदाउँदो सुर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ। भगवान सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको हो।

    images

    काठमाडौं महानगरपालिकाका वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको थियो।

    छठका लागि तराइसहितका विभिन्न भुभागमा नदि, तलाउ, पोखरीलाई आकर्षक रुपमा सजाइएको छ। छठको पहिलो दिन मंगलबार नहाय खाय मनाइन्छ। जसमा ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।

    मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व अहिले पहाडी भुभागमासमेत हर्सोल्लासका साथ मनाइन थालिएको छ। अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ।

    छठको दोस्रो दिन खरना मनाइन्छ। खरनामा साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गर्ने गर्दछन।

    यसैगरी तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको हो भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend