काठमाडौं। पहिलोपटक स्थानिय तहको उपनिर्वाचनमा सहभागी हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशमा खटाएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले उपनिर्वाचनका लागि सातै प्रदेशमा नेता खटाउने निर्णय गरेको हो।
समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य गणेश पराजुलीले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन र आवश्यक सहजीकरण गर्नका लागि सात वटै प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिइएको जानकारी दिए।
जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ।
यस्तै मधेस प्रदेशमा सांसद डा. चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको कमान्डर तोकिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिईएको छ।
आगामी १६ मंसिरमा देशका विभिन्न स्थानीय तहमा गरि ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।



