सुर्खेत। सुर्खेतमा बनभोज खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।
रामघाटबाट बनभोज खान कटकुवा गएको कर्णाली प्रदेश ०२–०१ ख ०१८८ नम्बरको बस फर्कदै गर्दा बुधबार साँझ करिब साँढे ६ बजे वीरेन्द्रनगर नगरपालिका ७ कपासेमा दुर्घटनाम परेको हो।
बस सडकबाट करिब एक सय मीटर तल खसेको छ भने बसमा सवार २७ जना घाइते भएका छन।
दुर्घटनास्थल नेपाली सेनाको कालीबहादुर गणको मूलगेट नजिक रहेकाले सेनाले घाइतेहरुको तत्काल उद्दार गरि उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। बस अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ। दुर्घटनाबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।



