भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।
सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२१ प ८१२७ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्री विमला प्रधानाङ्गलाई बुधबार ठक्कर दिएको थियो। उनलाई उपचारका लागि अस्पताल पुर्याइएपछि उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले ६९ वर्षीय प्रधानाङ्गको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा निधन भएको जानकारी दिए।
मोटरसाइकल चालक रामेछाप सुनापति गाउँपालिका ५ घर भएका दीपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ।



