मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

उपनिर्वाचनमा कांग्रेस : सातै प्रदेशमा तोकियो नेता

उपनिर्वाचनमा कांग्रेस : सातै प्रदेशमा तोकियो नेता

images
२०८१ कार्तिक २१ गते, बुधवार
२०८१ कार्तिक २१ गते, बुधवार
  • काठमाडौं । नेपाली कांग्रेसले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेता खटाएको छ।

    images

    कांग्रेसले स्थानीय तहको उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको हो। आगामी १६ मंसिरमा देशका विभिन्न स्थानीय तहमा गरि ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।

    images

    कांग्रेसको बुधबार बसेको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले सात प्रदेश र अन्य जिम्मेवारी गरि १० नेतालाई उपनिर्वाचनका लागि खटाएको हो ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई बागमती प्रदेशमा खटाइएको छ।

    यस्तै सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई कोशीमा, महेन्द्र यादवलाई मधेशमा, जीवन परियारलाई कर्णाली र गण्डकीमा जिम्मेवारी तोकिएको छ।

    सुदुरपश्चिम प्रदेशमा नेता एनपी साउदलाई जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेश र निर्वाचन आयोगसँग समन्वय गर्न पुष्पा भुसाललाई खटाइएको छ।

    यसैगरी अन्तरपार्टी समन्वय गर्न डा. प्रकाशशरण महतलाई जिम्मा दिइएको छ भने प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बास्तोलालाई जिम्मेवारी तोकिएको छ।

    जिम्मेवारी पाएका नेताहरुले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिसँग समन्वय र सहजीकरण गर्नेछन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend