मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

छठ सुरु,आज नहाय खाय

छठ सुरु,आज नहाय खाय

images
२०८१ कार्तिक २० गते, मंगलवार
२०८१ कार्तिक २० गते, मंगलवार
  • काठमाडौं। सुर्य देवको उपासना गर्दै मनाइने आस्थाको पर्व छठ आजबाट सुरु भएको छ। छठका लागि तराइसहितका विभिन्न भुभागमा नदि, तलाउ, पोखरीलाई आकर्षक रुपमा सजाइएको छ।

    images

    छठको आज पहिलो दिन अन्तर्गत नहाय खाय मनाइन्छ। आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन्।

    images

    तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व अहिले पहाडी भुभागमासमेत हर्सोल्लासका साथ मनाइन थालिएको छ।

    अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ।

    छठको दोस्रो दिन बुधबार खरना मनाइन्छ। खरनामा साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गर्ने गर्दछन।

    यसैगरी बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ।

    छठमा नदि, पोखरी, तलाउ आदिमा सूर्यलाई अर्घ्य दिन जलाशयको किनारमा घाट बनाएर पुजा आरधना गर्ने गरिन्छ।

    चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन्।

    त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।

    छठ पर्वमा बाँसको ढकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा मिठाइ, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ।

    छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ। यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ।

    उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको मानिन्छ भने छठमा चढाइएका प्रसाद आफ्न्त तथा छरछिमेकमा वितरण गर्ने गरिन्छ।

     

     

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend