मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वीपी राजमार्ग बन्द : डाइभर्सन भत्कियो

वीपी राजमार्ग बन्द : डाइभर्सन भत्कियो

images
२०८१ कार्तिक १९ गते, सोमवार
२०८१ कार्तिक १९ गते, सोमवार
  • काठमाडौ। गत असोज १०,११ र १२ गते आएको अविरल वर्षापछि ठाउँठाउँमा अबरुद्ध बनेको वीपी राजमार्ग फेरि बन्द भएको छ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले वीपी राजमार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधन पुर्ण रुपमा बन्द भएको जनाएको छ।

    images

    काभ्रेको रोशी गाउँपालिका ११ पिप्ले र माम्तीको बिचमा गत असोजमा आएको बाढीले कटान गरेको सडकको विकल्पमा बनाइएको डाइभर्सनमा आज सोमबार आएको वर्षाले क्षति पुऱ्याएपछि राजमार्ग अबरुद्ध बनेको ट्राफिक प्रहरीले जनाएको हो।

    सडक अवरुद्ध भएपछि  वीपी राजमार्गमा सवारी साधन रोकिएका छन भने तिहार मानेर पुर्वी नेपालबाट काठमाडौं फर्कदै गरेका धेरै यात्रु बिचबाटोमा नै रोकिएका छन।

    डाइभर्सन भत्काएपछि राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनका चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलेसमेत अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend