काठमाडौं। दिदीबहिनी तथा दाजुभाई नहुनेहरुका लागि टीका लगाउन आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला भएको छ।
यो मन्दिर वर्षको एकदिन भाईटीकाका दिनमा मात्र खुल्ने गर्दछ। काठमाडौंमा दिदिबहिनी नहुने दाजुभाईहरु तथा दाजुभाई नहुने दिदिबहिनीहरु बालगोपालेश्वर मन्दिरमा गएर भाइटीका लगाउने गर्दछन। उक्त मन्दिरमा आज बिहानैदेखि भिड लागेको छ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीलाई शोक मुक्त चित्त गराउँ दै भुलाउनका लागि विसं १७२७ मा रानीपोखरी निर्माण गरिएको इतिहास छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको पाइन्छ।



