मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

उपप्रधानमन्त्री सिंह `वर्ल्ड अर्बान फाेरम´मा सहभागी हुन इजिप्ट प्रस्थान

उपप्रधानमन्त्री सिंह `वर्ल्ड अर्बान फाेरम´मा सहभागी हुन इजिप्ट प्रस्थान

images
२०८१ कार्तिक १८ गते, आइतवार
२०८१ कार्तिक १८ गते, आइतवार
  • काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टकाे कायराे प्रस्थान गरेका छन।

    images

    वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलकाे नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायराे प्रस्थान गरेका हुन।

    images

    उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेर विदाई गरे।

    विश्वका १५० भन्दा बढी देशकाे सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन। अन्य देशबाट शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहकाे उपस्थिति रहनेछ।

    शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बाेधन गर्ने कार्यक्रम छ। साे क्रममा उनले नेपालले वस्ति विकासका क्रममना भाेगेका समस्या,  जलवायु परिवर्तनका कारण भाेगिरहेकाे समस्या र वस्ति विकासमा नेपालले हाँसिल गरेकाे उपलब्धिबारे संसारकाे ध्यानाकर्षण गराउने छन।

    नेपालमा जलवायु परिवर्तनकाे असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरि कसरी शहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउने तयारी गरेका छन।

    त्यस्तै शहरीकरणका लागि चुनाैति बनिरहेकाे खानेपानी, सरसफाई र शहरी पूर्वाधारकाे व्यवस्थापनकाे विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेकाे छ।

    नाेभेम्बर ४ देखि ८ सम्म कायराेमा वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रम हुँदैछ। अर्बान फाेरम शहरी विकासकाे क्षेत्रमा महत्वपूर्ण मानिन्छ।

    उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरु कायराे गएका छन्। सिंह आगामी शनिबार विहान  साढे १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend