काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा परेको बताएको छ।
समितिका अनुसार कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा पश्चिम मोहडा गरेर भाइटीका लगाउनु उत्तम हुने भनेको छ।
समितिको गत सोमबार बसेको बैठकले भाइ टीकाको शुभ साइत तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यसैगरी भारतमा ३ नोभेम्बरका दिन ११ बजेर २५ मिनेटमा सुभ साइत रहेको समितिले जनाएको छ। न्युयोर्क अमेरिकामा २ नोभेम्बर ११:४४, फ्र्यान्कफर्ट, केन्टुकी अमेरिका २ नोभेम्बरका दिन ११:५७, टेक्सासमा सोही दिन ११:४५, वासिङ्टन डीसी सोहीदिन ११:४१, क्यालिफोर्नियामा सोहीदिन ११:२३ मा उत्तम साइत छ।
यस्तै तोरन्टो क्यानाडाका लागि २ नोभेम्बरकै दिन ११:५५, टोकियो जापानमा ३ नोभेम्बर ११:३५, सिड्नी अस्ट्रेलियामा सोही दिन ११:५१, मेलबर्न ११:५४, क्यानबेरा ११:४७, न्युजिल्यान्डमा ३ नोभेम्बरकै दिनमा ११:५५, पोर्चुगलमा सोही दिन ११:५१, बेलायत लन्डन ११:२५ मा टिकाको उत्तम साइत तोकिएको छ।
यसैगरी फ्रान्समा ३ नोभेम्बर ११:४५, नर्बेमा ११:५३, मलेसियामा ११:५७, युएईमा ११:४७, कतारमा ११:४५, थाइल्यान्डमा ११:२६, दक्षिण कोरिया ११:५३, इजरायलमा ११:४९, सिंगापुरमा ११:४७, हङकङमा ११:४५, साउदी अरेबियामा ११:२१, म्यानमारमा ११:२९, स्विटजरल्यान्डमा ११:३१ मा टीकाको उत्तम साइत रहेको समितिले जनाएको हो।



