मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नोभेम्बरमा मात्रै नेपाल आए १ लाख १६ हजार ५५३ विदेशी पर्यटक

नोभेम्बरमा मात्रै नेपाल आए १ लाख १६ हजार ५५३ विदेशी पर्यटक

images
२०८२ मंसिर १६ गते, मंगलवार
२०८२ मंसिर १६ गते, मंगलवार
  • काठमाडौं। सन् २०२५ को नोभेम्बरमा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको छ।

    images

    तथ्यांकअनुसार सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३ जना नेपाल आएको तथ्यांक छ।

    images

    यसैगरी अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४  पर्यटक नोभेम्बरमा नेपाल भित्रिएका छन्।

    क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट  २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

    २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन्। यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ।

    सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएको बोर्डको रेकर्डमा छ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend