बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

जेन-जी हेल्प डेस्कमा १० जना स्वयंसेवक राख्दै सरकार, मासिक १५ हजार तलब

जेन-जी हेल्प डेस्कमा १० जना स्वयंसेवक राख्दै सरकार, मासिक १५ हजार तलब

images
२०८२ मंसिर ९ गते, मंगलवार
२०८२ मंसिर ९ गते, मंगलवार
  • काठमाडौं। सरकारले जेन-जी आन्दोलनका घाइतेको उपचार तथा राहतका लागि सहजीकरण गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा १० जना स्वयंसेवक राख्ने निर्णय गरेको छ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रमममा घाइते भएकाहरूको उपचार, फलोअप, वर्गीकरण तथा राहतका लागि सहजीकरण गर्न भन्दै हेल्प डेस्क नै बनाएर स्वयंसेवक खटाउने निर्णय गरेको हो। गृह मन्त्रालयमा हेल्प डेस्क भने स्थापना भइसकेको छ। तर कर्मचारी कम हुँदा काममा ढिलाइ हुँदै आएको छ।

    images

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलेसोमबार बसेको मन्त्रीपरिषद बैठकले हेल्प डेस्कमा मासिक १५ हजार उपलब्ध गराउने गरेर चार महिनाका लागि १० जना स्वयंसेवक खटाउने निर्णय गरेको जानकारी दिए।

    गृह मन्त्रालयमा रहेको हेल्प डेस्कमा हाल मन्त्रालयका सहसचिव, उपसचिव, अधिकृत सहितका कर्मचारीहरुले जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। अब स्वयंसेवक खटाउँदा डेस्कबाट हुँदै आएको काम थप प्रभावकारी हुने मन्त्री पुनले बताए।

    अहिले गृह मन्त्रालयले जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको बर्गिकरण गर्ने र परिचयपत्र उपलव्ध गराउने काम गरिरहेको छ। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको अवस्था अनुसार देशभर वर्गीकरणमा सघाइ रहेको छ।

    गत २३ र २४ भदौको आन्दोलनका क्रममा २४ सय २९ जना घाइते भएको तथ्यांक सरकारसँग छ। हाल गृह मन्त्रालयले जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको बर्गिकरण गर्ने र परिचयपत्र उपलव्ध गराउने कार्य समेत अघि बढाइरहेको छ।

    घाइतेलाई सरकारले तत्काल १५ हजार उपलब्ध गराउने निर्णय यसअघि गरिसकेको छ। त्यसअघि पनि २० हजार उपलब्ध गराउने निर्णय भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend