बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा. पाण्डवको बिदाई

स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा. पाण्डवको बिदाई

images
२०८२ मंसिर ८ गते, सोमवार
२०८२ मंसिर ८ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवलाई बिदाई गरेको छ।

    images

    डा. पाण्डव पाँच वर्षे कार्यकाल पूरा गरी नेपालबाट बिदा हुँदैछन्। सोमबार स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनलाई
    जिम्मेवारी पूरा गर्दै नयाँ जिम्मेवारीमा जान लागेकामा बधाई सहित बिदाई गरेकी हुन्।

    images

    सो क्रममा मन्त्री डा. गौतमले डा. पाण्डवलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन, खोप कवरेज विस्तार गर्न, नसर्ने रोग रोकथाममा सहयोग पुर्‍याउन र स्वास्थ्यमा सर्वव्यापी पहुँच मजबुत बनाउन पुर्‍याएको महत्वपूर्ण योगदान र सहकार्यको लागि धन्यवाद व्यक्त गरिन।

    बिदाइ कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा लगायत मन्त्रालयका कर्मचारी तथा विश्व स्वास्थ्य संगठनका अन्य कर्मचारी सहभागी थिए।

    यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमसँग मन्त्री डा. गौतमज्यूले शिष्टाचार भेट गरेकी छिन्।

    शिष्टाचार भेटका क्रममा मन्त्री डा. गौतमले नेपालको स्वास्थ्य प्रणाली सुधारमा विश्व स्वास्थ्य संगठनले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन। 

    सो क्रममा मन्त्री डा. गौतमले मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोग र  मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन्।

    सो अवसरमा कार्यकारी प्रमुख डा. क्याथरिनाले जनस्वास्थ्यका क्षेत्रमा नेपालले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र कोभिड-१९ जस्ता महामारी नियन्त्रणमा नेपालले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमहरूमा विश्व स्वास्थ्य संगठनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन।
      

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend