बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

एआई एक्सरेद्वारा क्षयरोगी खोजिंदै

एआई एक्सरेद्वारा क्षयरोगी खोजिंदै

images
२०८२ मंसिर ७ गते, आइतवार
२०८२ मंसिर ७ गते, आइतवार
  • नवलपरासी। पश्चिम नवलपरासीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सरेद्वारा समुदायस्तरमा क्षयरोगको पहिचान तीव्र पारिएको छ।

    images

    पाल्हीनन्दनस्थित गेर्मी स्वास्थ्य चौकी र रामग्रामको अमरवन स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आर्टिफिसियल इन्टेलिजेन्स एक्सरे प्रविधि प्रयोग गरि क्षयरोगीको खोजी गरिएको हो।

    images

    स्वास्थ्य शिविरमा ४१९ जनाको छाती रोग तथा शङ्कास्पद क्षयरोगसम्बन्धी जाँच गरिएको स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए।

    शाहीका अनुसार परीक्षण गरिएकामध्ये १०० जनामा क्षयरोगको शङ्का देखिएको छ। उनीहरुबाट थप पहिचानका लागि नमुना सङ्कलन गरी अस्पताल पठाइएको छ।

    समुदायस्तरमा लुकेर रहेको सङ्क्रमण पत्ता लगाउन र समयमै उपचार सुरु गर्न एआई एक्सरे प्रविधि अत्यन्तै उपयोगी भएको बताए। उनले समयमा नै रोग पत्ता लगाउँदा निवारण गर्न समेत सहज हुने उनको भनाइ छ।

    क्षयरोगको लक्षण नदेखिएका तर शरीरभित्र किटाणु बोकेर बसेका सम्भावित बिरामीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीले जनाएको छ।

    स्वास्थ्य कार्यालय, नवलपरासी (ब.सु.प) र विराट नेपाल मेडिकल ट्रष्ट को संयुक्त सहकार्यमा शिविर आयोजना गरिएको हो।

    शिविरबाट शङ्कास्पद बिरामीहरूको थप पहिचानका लागि उनीहरूको खकार नमुना सङ्कलन गरी पृथ्वी चन्द्र अस्पताल, परासी पठाइएको छ। उक्त नमुनाको प्रयोगशाला परीक्षणपछि क्षयरोग पुष्टि भएमा तत्काल उपचारको प्रक्रियामा ल्याइने बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend