काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संकलन गरिएको मतदाता नामावलीमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
निर्वाचन आयोगले हिजो शुक्रबार (मंसिर ५) सम्मका लागि नयाँ नामावली दर्ताका लागि समय निर्धारण गरेको थियो। आयोगका अनुसार तोकिएको समय भित्र ८ लाख ३७ हजार ९४ मतदाताले नाम दर्ता गराएका हुन्। गत असोज ९ गतेदेखि नामावली दर्ता खुला गरिएको थियो।
निर्वाचन आयोगका अनुसार नयाँ नामावली दर्ता गराउनेमा पुरुष ४ लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ छन्। यस्तै अन्य ६१ जना छन्।
आयोगको नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ।
यसअघि १६ कात्तिकसम्म १ करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए।




