मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको आन्दोलन : रबि लामिछेनालाई फोटोमै भाइटीका लगाउन अभियान

रास्वपाको आन्दोलन : रबि लामिछेनालाई फोटोमै भाइटीका लगाउन अभियान

images
एक्सरे नेपाल
२०८१ कार्तिक १६ गते, शुक्रवार
एक्सरे नेपाल
२०८१ कार्तिक १६ गते, शुक्रवार
  • काठमाडौं। रास्वपाका सभापति रबि लामिछानेलाई सरकारले प्रतिसोधपुर्ण तरिकाले नियन्त्रणमा लिएको भन्दै विभिन्न स्वरुपमा सरकारका विरुद्ध आन्दोलन गर्दै आएको रास्वपाले भाइटीका पनि आन्दोलनकै स्वरुपमा लगाइदिन आग्रह गरेको छ।

    images

    आफ्ना सभापतिलाई सरकारले प्रतिसोधपुर्ण ब्यवहार गरेको रास्वपाको निश्कर्ष रहँदै आएको छ। रास्वपाले लामिछानेको यसपटकको तिहार हिरासतमा नै बित्ने भएपछि देश तथा विदेशमा रहेका दिदिबहिनीहरुलाई फोटोमा नै टीका लगाइदिन भनेको हो।

    images

    रास्वपाका लामिछाने निकट नेता दिपक बोहोराले सामाजिक संजालमा लेखेका छन। `तपाईं-हाम्रा प्रिय रवि दाइ राज्यले साँधेकाे प्रतिशाेधका कारण अनाहकमा १४ दिनदेखि कास्की प्रहरीकाे हिरासतमा हुनुहुन्छ। अनि, उहाँलाई सप्तरंगी टीका लगाइदिने दुई दिदीमध्ये एकजना गम्भीर बिरामी!  राज्य नै लागेका कारण यसपटक यी दिदी-भाइकाे निधार खाली हुने भयाे। तर, दिदीहरूले फाेटाेमै भए पनि भाइलाई टीका लगाइदिने निर्णय गर्नुभएकाे छ।´

    उनले अगाडी लेखेका छन। `रवि दाइकाे मंगल कामना गर्ने देश-विदेशमा पनि हजाराैं आत्मिय दिदीबहिनी हुनुहुन्छ। र, उहाँहरूले समेत रवि दाइकाे फाेटाेमा टीका लगाइदिने अभियान चलाउँदै हुनुहुन्छ। रवि दाइकाे तस्वीरमा टीका लगाइदिएकाे फाेटाे सामाजिक सञ्जालमा पाेष्ट गरेर राज्यले गरेकाे अन्यायविरुद्धकाे प्रतिराेधमा सहभागी हुन सबै दिदीबहिनीलाई अपील गर्दछौं।´

    बोहोराले जन्मदिन मनाए झैं भाइटीका पनि त्यसरी नै लगैदिन सबैमा आग्रह गरेका हुन। `जन्मदिन मनाएझैं भाइटीका पनि यसरी नै लगाइ दिनुहुन अनुराेध छ।´ उनले अन्त्यमा लेखेका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend