मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

थाई एयर एसियाको निलम्बन पाँच दिनमा नै फुकुवा : भैरहवा उडान गर्नै पर्ने दुई सर्त

थाई एयर एसियाको निलम्बन पाँच दिनमा नै फुकुवा : भैरहवा उडान गर्नै पर्ने दुई सर्त

images
२०८१ कार्तिक १५ गते, बिहिवार
२०८१ कार्तिक १५ गते, बिहिवार
  • काठमाडौं। नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी नै नदिइ अवतरण गर्न अनुमति मागेको  घटनापछी निलम्बनमा परेको थाइ एयर एसियाको उडान निलम्बन फुकुवा भएको छ।

    images

    अवतरण अनुमति म्याद सकिएको अवस्थामा पनि गत ११ कार्तिकमा थाई एयर एसियाले नेपाली आकाशमा आएर अवतरका लागि अनुमति मागेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियालाई नेपालमा तत्कालका लागि उडानमा रोक लगाउदै निलम्बन गरेको थियो।

    images

    तर सो एयरलाइन्सले आफ्नो गल्ती भएको स्विकार्दै माफी मागेपछि प्राधिकरणले माफी गर्दै निलम्बन फुकुवा गरेको हो। तर त्यसका लागि प्राधिकरणले एयर एसियासँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नु पर्ने सर्त राखेको छ।

    अब १८ कार्तिकदेखि एयर एसियाले काठमाडौको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने छ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको जानकारी दिए।

    जस अनुसार एयर एसियाले अब सातामा काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ। भैरहवाको उडान बन्द गरेमा भने काठमाडौंको उडान स्वतः रद्द हुने अर्को सर्त समेत राखिएको छ।

    सो सर्तमा एयर एसिया सहमत भएपछि निलम्बन फुकुवा गरिएको प्राधिकरणका सुचना अधिकारी भुलले जानकारी दिएका हुन।

    बिनाअनुमति थाइल्याण्डबाट काठमाडौं आएको थाई एयर एसियाको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौं विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो।

    एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो।
    थाइ एयर एसियाले अक्टोबर २६ अर्थात् १० कात्तिक सम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

    प्राधिकरणले ११ कात्तिकदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो। अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको थियो। प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ।

    थाई एयर एसियाले गत १६ असोजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो । 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend