काठमाडौं। नेकपा एमालेले देशभरका स्थानीय तहमा आज विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेको छ।
मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत बिभिन्न पालिकाहरुमा मोटरसाइकल र्यालीका साथै नारा जुलुस सहित र्याली गरिएको हो।
जनपरिचालनको निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गरिने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। त्यसका लागि कार्यक्रमहरु सार्वजनिक गरिएको छ।
अब एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मंसिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने छ।
एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा बिघटन बिरुद्ध देशैभर प्रदर्शन गरिने जानकारी दिए।



