बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

जुकाको औषधि अड्किएर १८ महिनाकी बालिकाको मृत्युु

जुकाको औषधि अड्किएर १८ महिनाकी बालिकाको मृत्युु

images
२०८२ कार्तिक २२ गते, शनिवार
२०८२ कार्तिक २२ गते, शनिवार
  • दाङ। दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिनाकी एक बालिकाको मृत्युु भएको छ।

    images

    भिटामिन `ए´ तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि खुवाउदा १८ महिने बालिकाको मृत्यु भएको हो। 

    images

    गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको जुकाको औषधि अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।

    उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाइँदै थियो।

    सो क्रममा औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

    महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शवपरीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए।

    घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै उनले ‘पोस्टमार्टम रिपोर्ट’ आएपछि थप कुरा प्रष्ट हुने जानकारी दिए।

    सरकारले ७५३ वटै स्थानीय तहमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन `ए´ तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रमलाई राष्ट्रिय कार्यक्रममा नै राखेको छ।

    यो वर्ष ७५३ वटै स्थानीय तहका पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको थियो

    ६ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाइएको थियो। 

    यो कार्यक्रमका लागि देशभर  ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend