बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

काठमाडौं आउने मेलम्चीकाे पानी मुहानमै राेके स्थानीयले

काठमाडौं आउने मेलम्चीकाे पानी मुहानमै राेके स्थानीयले

images
२०८२ कार्तिक २१ गते, शुक्रवार
२०८२ कार्तिक २१ गते, शुक्रवार
  • काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं आउने पानीकाे मुहान स्थानीयले बन्द गराएका छन्।

    images

    हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी काठमाडौँ पठाउन बिहीबारदेखि राेकिएकाे हाे। मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले यसअघिका १७ बुँदे सहमति पूरा नभएको भन्दै खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाएर माग पूरा नभएसम्म पानी पठाउन नदिने अडान लिएका छन्।

    images

    समितिसँग यसअघि भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले अवरोध गरेका हुन्। सहमति कार्यान्वयन नभए अवरोध जारी राख्ने उनीहरूको तर्क छ।

    समितिसँग यसअघि मेलम्ची नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न माग सम्बाेधन गर्ने सहमति भएको थियाे।

    उनीहरूले बाढीपीडितलाई आयआर्जनका कार्यक्रम लागू गर्न पनि माग गरेका छन्।

    २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासमा ठूलाे क्षति पुर्याएकाे थियाे। तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाएका थिए। त्यसपछि २०८१ असोज २३ गते सङ्घर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच १७ बुँदे सम्झौता भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend