काठमाडौं। नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी`साम्बा´ फ्रान्स उडेकी छन। उनी हाल फ्रान्सको ब्यवसायीक क्लबबाट लिग खेल्दै आएकी छन।
साफ महिला च्याम्पियनसिपको सातौं संस्करणमा सहभागी हुन नेपाल आएकी उनी व्यावसायीक फुटबल खेल्न बिहीबार बिहान युरोप उडेकी हुन।
साफ महिला च्याम्पियनसिपको खेल अन्तर्गत बंगलादेश र नेपालबिच हिजो बुधबार फाइनल खेल भएको थियो। सो खेलमा नेपाल बंगलादेशसँग २-१ को अन्तरले पराजित बन्यो।
बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन। साम्बाले फ्रेञ्च क्लब इए अभान्टा गुएग्याप व्यावसायिक फुटबल खेल्दै आइरहेकी छन्।
साम्बाले सेमिफाइनलमा भारतविरुद्ध उत्कृट गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी थिइन्।



