बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

पाँचसय शिक्षक कर्मचारी खोज्दै त्रिवी, सम्पर्कमा नआउनेलाई कारबाही

पाँचसय शिक्षक कर्मचारी खोज्दै त्रिवी, सम्पर्कमा नआउनेलाई कारबाही

images
२०८२ कार्तिक १६ गते, आइतवार
२०८२ कार्तिक १६ गते, आइतवार
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदापछि सेवामा नफर्किएका कर्मचारीको खोजी सुरु गरेको छ।

    images

    त्रिवीले शुक्रवार पुन: सूचना जारी गर्दै यस्ता शिक्षक कर्मचारीलाई पैँतीस दिनभित्र सम्पर्कमा आउन भनेको हो। अन्यथा त्रिवीको नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

    images

    अध्ययन बिदा पश्चात विश्वविद्यालयमा सेवामा नफर्किएका, शर्त अनुसार पुरा समय काम नगरेका , राजिनामा पेश गरी स्वीकृत नभएका, सेवाबाट हटाइएका, राजिनामा स्वीकृत भएपछि पनि बुझबुझारथ नगरेका शिक्षक कर्मचारीको खोजी सुरु गरिएको हो।

    यस्ता शिक्षक कर्मचारीको संख्या लगभग ५०० रहेको त्रिवीका प्रवक्ता यमन सिंह बोहरा बताउँछन् ।

    “यसअघि पनि पटक पटक सम्पर्कमा आउन सूचना जारी गरिएको हो, तर आएका छैनन हाम्रो प्रतिवेदन अनुसार अध्ययन बिदापछि गायब हुने शिक्षक कर्मचारीको संख्या झन्डै पाँचसय जति छ।” बोहराले एक्सरे नेपालसँग भने।

    त्रिवीले उच्च शिक्षाका लागि शिक्षककलाई तीनदेखि पाँच वर्षको अध्ययन बिदा(तलबी बिदा) उपलब्ध गराउँदै आएको छ। तर पछिल्ला १० वर्षयता शिक्षक अध्ययन बिदामा गएपछि नफर्किने प्रवृत्तिले उनीहरुको तलबबापत् मात्रै त्रिवीलाई करिब दुई अर्ब रुपैयाँ रकम घाटा लागेको तथ्यांक छ।

    उनीहरु अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकमा पढेर उतै बस्ने गरेको पाइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend