काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङकाे पार्टीले निर्वाचन आयाेगबाट मान्यता पाएकाे छ।
श्रम संस्कृति पार्टी नाम दिइएकाे उक्त पार्टीलाई आइतबार आयाेगले दर्ता प्रमाणपत्र दिएकाे हाे। साम्पाङले आइतबार नै आयाेग पुगेर प्रमाणपत्र बुझेका छन्।
जेन- जी नेतृत्वकाे सरकारमा आफूले राेजेकाे पद नपाएपछि साम्पाङले नयाँ पार्टी दर्ताका लागि प्रक्रिया अघि बढाएका थिए ।



