मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णय : सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट

स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णय : सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट

कान्ति अस्पतालको मात्रै वार्षिक ५० लाख बचत हुने

images
२०८१ कार्तिक १४ गते, बुधवार
२०८१ कार्तिक १४ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।

    images

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरएका हुन।

    images

    नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सो निर्णय गरेका हुन्।

    स्वास्थ्य मन्त्री पौडेलले सो निर्णयले सरकारी अस्पतालहरुमा ठूलो रकम बचत हुने र सो रकमलाई स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्च गर्न सकिने बताए।

    निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै महशुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थाहरुमा पत्राचारसमेत गरेको छ।

    समयमै महशुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भए पछि यस व्यवस्था मिलाउन निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

    मन्त्रालयले यससम्बन्धी सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीेले जानकारी दिए। सो व्यवस्था पूर्ण लागु भएमा सरकारी अस्पतालको सेवा विस्तारमा थप श्रोतको व्यवस्था हुने देखिन्छ।

    प्राधिकरणले गरेको छुटको व्यवस्था अधिकांश सरकारी अस्पतालले लिन नसकिरहेका बेला मन्त्री पौडेलले यसका लागि सक्रियता देखाएपछि संघीय राजधानी काठमाडौंको कान्ति बाल अस्पतालले २० प्रतिशत महशुल छुट पाएको हो।

    यस अस्पतालले वार्षिक ५० लाख रुपैयाँसम्म यस व्यवस्थाअनुसार बचत गर्न सक्ने मन्त्रालयको तथ्यांकले देखाएको छ ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend