बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

रामकोटको बद्रीनारायण धाममा ‘एकादशी मेला’, भक्तजनको घुईँचो

रामकोटको बद्रीनारायण धाममा ‘एकादशी मेला’, भक्तजनको घुईँचो

images
२०८२ कार्तिक १५ गते, शनिवार
२०८२ कार्तिक १५ गते, शनिवार
  • काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा ‘हरिबोधनी एकादशी मेला’ लागेको छ।

    images

    बद्रीनाराण धाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलोपटक बद्रीनारायण धाममा आज एकादशी मेला लागेको हो। उक्त मेलामा आज विहानैदेखि भक्तजनको घुईँचो लागेको छ। 

    images

    नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष दिनबन्धु पोखरेलले सनातनीहरुको धार्मिक धरोहर बद्रीनारायण धाम उपत्यकामा परापूर्व कालदेखि चलिआएका चार नारायण दर्शनमा पाँचौ धामको रुपमा विकास भएकाले यहाँ पहिलोपटक एकादशी मेला आयोजना गरिएको जानकारी दिए।

    “धार्मिक पर्यटनका लागि वर्षेनी हजारौँ भक्तजनहरु विभिन्न क्षेत्रको यात्रामा निस्किरहेको अवस्थामा नेपालमै बद्रीनारायण धाम निर्माण गरिएको हो,”– उनले भने। पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले रामकोटमा उक्त धाम निर्माण गरेको हो।

    धामको गत वैशाख १९ गतेदेखि २७ गतेसम्म प्राणप्रतिष्ठा गरिएको थियो। रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धामभित्र सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण गरिएको छ।

    यस्तै, धामभित्र आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ। स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय थिए। उनले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आएका थिए।

    उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend