बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

टिकौली बस दुर्घटनामा घाइते हुनेहरु को कहाँका?

टिकौली बस दुर्घटनामा घाइते हुनेहरु को कहाँका?

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • चितवन। गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बस र जनकपुर बाट काठमाडौ तर्फनै जाँदै गरेको अर्को बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना हुँदा घाइते भएका ३३ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार जारी छ।

    images

    शुक्रबार बिहान २ बजे टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्गमा गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौरबाट आउँदै गरेको प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन नामक यात्रुबाहक बस ठोक्किएको थियो।

    images

    सो बस ठोक्किए लगत्तै पुन: जनकपुरबाट आउँदै गरेको अर्को बा. प्र. ०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष नामक यात्रुबाहक बस समेत ठोक्किदा ३३ जना घाइते भएका थिए। उनीहरू सबैको पहिचान खुलेको छ।

    घाइतेहरूलाई आँपटारीमा रहेको सशस्त्र प्रहरी बल नेपालबाट गएको फौजले तत्कालै उद्धार गरि नजिकका अस्पतालमा पुर्याएको थियो।

    सशस्त्र प्रहरीका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो। घाइते सबैको अवस्था सामान्य छ।

    चितवन प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ।

    घाइते को कहाँका?

    चितवन मेडिकल कलेजमा उपचार हुँदै गरेका घाइतेहरु 


    १. उदयपुर त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ

    २. धनुषा जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया

    ३. सोही ठाउँका ५२ वर्षीय नरेन्द्र शाह

    ४. धनुषा जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी

    ५.  धनुषा जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा

    ६.  धनुषा जनकपुर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण

    ७. सोही ठाउँका ३४ वर्षीया अन्जु कर्ण

    ८. सोही ठाउँका आरुष कर्ण

    ९. धनुषा लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी

    १०. रौतहट राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह

    ११. रौतहट बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र

    १२ रौतहट राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कुमार साह

    १३. रौतहट गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी

    १४. महोत्तरी पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव

    १५. महोत्तरी पिपरा गाउँपालिका–१ बस्ने ३७  वर्षीय राम श्रेष्ठ

    नेशनल सिटी अस्पताल भरतपुरमा उपचाररत घाइतेहरु

    १. धनुषा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत

    २. धनुषा जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह

    ३. सोही ठाउँका ४३ वर्षीया रेखा सिंह

    ४. सोही ठाउँका २१ वर्षीया अञ्जली सिंह

    ५. रौतहट राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो

    ६. रौतहट गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर

    ७. रौतहट गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह

    ८. सोही ठाउँका ४० वर्षीय उर्मिला कुमारी साह

    ९. रौतहट बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा

    १०. भारत मोतिहारीका ३२ वर्षीय सुनिल प्रसाद

    ११. भारत मोतिहारीकै २५ वर्षीया सुभद्रा कुमारी चौधरी

    १२. भारत मोतिहारीका ७ वर्षीया पृया जैशवाल

    १३. भारत मोतिहारीका ४ वर्षीया कृती जैशवाल

    भरतपुर सरकारी अस्पतालमा उपचाररत घाइतेहरु

    १. धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी

    २.रौतहट दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास

    ३. रौतहट माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह

    ४. सोही ठाउँका २५ वर्षीय राजु दास

    ५. भारत मोतिहारीका २२ वर्षीय महमद साहेब

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend