बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

चितवनका रोकिराखेको ट्रकमा दुई वटा बस ठोक्कियो, ३३ जना घाइते

चितवनका रोकिराखेको ट्रकमा दुई वटा बस ठोक्कियो, ३३ जना घाइते

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • चितवन। गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बस र जनकपुर बाट काठमाडौ तर्फनै जाँदै गरेको अर्को बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

    images

    शुक्रबार बिहान २ बजे टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्गमा गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौरबाट आउँदै गरेको प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन नामक यात्रुबाहक बस ठोक्किएको थियो। 

    images

    सो बस ठोक्किए लगत्तै पुन: जनकपुरबाट आउँदै गरेको अर्को बा. प्र. ०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष नामक यात्रुबाहक बस समेत ठोक्किदा ३३ जना घाइते भएका हुन्।

    घाइतेहरूलाई आँपटारीमा रहेको सशस्त्र प्रहरी बल नेपालबाट गएको फौजले तत्कालै उद्धार गरि नजिकका अस्पतालमा पुर्याएको छ।

    सशस्त्र प्रहरीका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो। घाइते सबैको अवस्था सामान्य छ।

    चितवन प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend