बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बीपी राजमार्गमा सवारी आवागमनमा रोक

बीपी राजमार्गमा सवारी आवागमनमा रोक

images
२०८२ कार्तिक १३ गते, बिहिवार
२०८२ कार्तिक १३ गते, बिहिवार
  • काठमाडौं। जिल्ला प्रशासन कार्यालय सिन्धुली र काभ्रेले बीपी राजमार्गमा सवारीसाधन आवागमनमा रोक लगाएको छ।

    images

    बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको संभावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली र काभ्रेले बिहीबार एक सूचना जारी गर्दै बीपी राजमार्गमा सवारीसाधन आवागमनमा रोक लगाएका हुन्।

    images

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज कार्तिक १३ गते साँझ ५ बजेदेखि भोलि १४ गते बिहान ५ बजेसम्म र कार्तिक १४ गते साँझ ५ बजेदेखि कार्तिक १५ गते बिहान ५ बजेसम्म बीपी राजमार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको जनाएको हो।

    राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीद्वारा जारी सूचनामा उल्लेख छ।

    त्यसैगरी, जिल्ला प्रशासन कार्यालय काभ्रेले पनि विपी राजमार्गमा आज मिति २०८२ कार्तिक १३ गते बिहीबार साँझ ५ बजेदेखि भोलि कार्तिक १४ गते शुक्रबार बिहान ६ बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन आवागमनमा निषेध गरेको छ।

    बंगालको खाडीबाट विकसित चक्रवात 'मोन्था' को प्रभाव नेपालमा बिहीबार विहानैबाट देखिएको छ। जसका कारण ४३ जिल्ला प्रभावित हुने अनुमान जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    सोही कारण बीपी राजमार्गमा बाढीको जोखिम रहन सक्ने भन्दै प्रशासनले सवारीसाधन आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend