मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

साफ महिला च्याम्पियनसिप

फाइनल खेलको सबै टिकट बिक्यो : प्रधानमन्त्री पनि जाने

फाइनल खेलको सबै टिकट बिक्यो : प्रधानमन्त्री पनि जाने

टिकट नपाएकालाई काठमाडौ महानगरले देखाउने

images
२०८१ कार्तिक १४ गते, बुधवार
२०८१ कार्तिक १४ गते, बुधवार
  • काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत आज साँझ साढे ६ बजे हुने नेपाल र बंगलादेश बिचको फाइनल खेलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

    images

    एन्फाका प्रवक्ता सुरेश शाहले सबै टिकट बिक्री भैसकेको जानकारी दिए।

    images

    `सबै टिकट बिक्री भैसक्यो, सबै टिकट प्रत्यक्ष रुपमा बेचिएको छ, तोकिएको संख्या अनुसार नै बेचियो,´ प्रवक्ता शाहले भने।

    एन्फाले साधरणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार टिकट बिक्री गरिने बताएको थियो।

    आज हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाँदै छन। उनले बिजेता समुहलाई पुरस्कारसमेत वितरण गर्ने छन।

    यसपटक १२ औँ पटक फाइनलमा पुगेको नेपाल साविक विजेता बंगलादेशसँग उपाधि हात पार्ने दाउमा छ। यसअघि नेपालले सेमिफाइलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो।

    फाइनल खेलको टिकट खरिद गर्नकालागि बिहानैबाट खेलप्रेमीहरुको टिकट बिक्रीस्थलमा भिड लागेको थियो। सातदोबाटोस्थित एन्फा भवन, जावलाखेल र भद्रकालीबाट टिकट बिक्री गरिएको थियो। टिकट किन्न बिहानैदेखि लाइन थियो। तर धेरै खेलप्रेमी टिकट नपाएर खाली हात फर्किएका छन।

    काठमाडौं महानगरपालिकाले रंगशालाको टिकट नपाउनेहरुलाई लक्षित गरेर विभिन्न तीन स्थानमा लाइभ गर्ने ब्यवस्था गरेको छ।

    काठमाडौंको टुँडिखेल, सानो गौचरण तथा चाबहिलमा काठमाडौ महानगरले खेल देखाउन लाइभको ब्यवस्था गरिएको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend