मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबि लमिछानेसँग आज पनि बयान : हिरासत म्याद आज सकिंदै

रबि लमिछानेसँग आज पनि बयान : हिरासत म्याद आज सकिंदै

images
२०८१ कार्तिक १४ गते, बुधवार
२०८१ कार्तिक १४ गते, बुधवार
  • काठमाडौं। सुर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रबि लामिछानेसँग आज पनि बयान लिइँदै छ।

    images

    रास्ववपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बयान सुरु भएको हो।

    images

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले आजै बयान सक्ने गरेर काम अघि बढाइएको जानकारी दिइन।

    लामिछानेसँग कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए। लामिछानेको बयान नसकिएको र आज बुधवार पनि निरन्तर बयान लिन थालिएको हो।

    हालसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रबि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन्।

    रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।

    उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ।

    गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद आजसम्म छ। भोलि १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ।

    लामिछानेलाई पहिलोपटक ४ कार्तिकमा कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको थियो।

    यस्तै दोस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो। पछिल्लो पटक थप भएको म्याद आजसम्म छ। भोलि १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिने सम्भावना छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend