मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्लास्टिकजन्य वस्तुको प्रयोगले क्यान्सरको जोखिम बढ्ने खतरा : रोक लगाउन माग

प्लास्टिकजन्य वस्तुको प्रयोगले क्यान्सरको जोखिम बढ्ने खतरा : रोक लगाउन माग

images
२०८१ कार्तिक १४ गते, बुधवार
२०८१ कार्तिक १४ गते, बुधवार
  • काठमाडौं। नेपाल चिकित्सक संघले प्लास्टिकजन्य वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै रोक लगाउन सरकारलाई आग्रह गरेको छ।

    images

    मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले प्लास्टिकबाट सिर्जित प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्न गई क्यान्सर जस्तो जटिल रोगको जोखिम बढ्ने खतरा भएकाले रोक लगाउन भनेको छ।

    images

    दिन प्रतिदिन बढिरहेको प्लास्टिक तथा प्लास्टिकबाट बनेका झोलाहरुका साथै अन्य प्लास्टिकजन्य वस्तुहरूको प्रयोगले वातावरण तथा मानवीय स्वास्थ्यमा गम्भीर असर पुगिरहेको विज्ञप्तिमा उल्लेख छ।

    यस्तै, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले फोहोर व्यवस्थापनमा समस्या आई जल तथा बायु प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्तिमा कमी हुन गई खेतीयोग्य जमिनको उत्पादकत्वमा समेत ह्रास आइरहेको विज्ञप्तिमा भनिएको छ।

    यसले निम्त्याउने वातावरणीय असन्तुलनले मानिस मात्र नभई अन्य जीवजन्तु तथा वनस्पतिहरूमा पनि नकारात्मक असर पुगिरहेको विज्ञप्तिमा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend