मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पत्रकार गौतमलाई `नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड´

पत्रकार गौतमलाई `नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड´

images
२०८१ कार्तिक १३ गते, मंगलवार
२०८१ कार्तिक १३ गते, मंगलवार
  • काठमाडौं। पत्रकार युवराज गौतम  ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मानित भएका छन्।

    images

    मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल युवा परिषद्ले पत्रकारिता क्षेत्रमा पुर्‍याएको अतुलनिय योगदानको कदर गर्दै गौतमलाई  ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मान गरेको हो। 

    images

    पूर्वी नेपालको इलाममा जन्मिएर २०६० सालमा स्थानीय पावन भूमि साप्ताहिकको वितरक हुँदै पत्रकारिता शुरु गरेका गौतमले दार्जिलिङ र इलामबाट स्पेसटाइम दैनिक र च्यानल नेपालको रिर्पोटर, कान्तिपुरको साप्ताहिकमा संवाददाता, भावी नेपाल साप्ताहिकको उपसम्पादक, इमेज च्यानलमा डेक्स सम्पादक हुँदैं हाल अर्थबजार डटकमको सम्पादक रहेका छन्।

    हाल नेपालकै लोकप्रिय समाचार एजेन्सी नेपाल न्यूज बैंकको समाचार सम्पादक तथा गोरखापत्र दैनिकमा स्वतन्त्र लेखक रहेका गौतमले  यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीआइ) समूदायका मुद्दा र चिया पर्यटनसँग सम्बन्धित विषयमा गहन रिपोर्टिङ गर्दै आएका छन्।

    पत्रकारितामा स्नातक एवम राजनीति शास्त्र र समाजशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेका गौतमले यसअघि आशिष स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार, सीतादेवी अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, जीपी फाउन्डेसन अमेरिकाबाट पत्रकारिता अवार्ड, मोबाइल व्यवसायिक महासंघबाट सूचना संवाहक अवार्ड लगायतका विभिन्न पुरस्कार एवं सम्मान प्राप्त गरिसकेका छन्।

    गौतमसँगै  ‘एभरेष्ट व्रेभ अवार्ड’बाट सर्वोच्च शिखरमा पाइला टेकेकी कल्पना महर्जन,  ‘ह्युमनिटेरियन एक्सिलेन्स अवार्ड’बाट डा. सुवास प्याकुरेल र  ‘सस्टनेबल कन्जरभेसन एक्सिलेन्स अवार्ड’ बाट रैनाथे खानाका प्रबद्र्धक तिलक ढकाल सम्मानित भए।

    नेपाल युवा परिषद्ले पुरस्कार छनौटका लागि ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनका युवा विशेषज्ञ सबिन लामिछाने र सामाजिक अभियान्ता एवं अन्तर्राष्ट्रिय साहसिक महिला २०२३ बाट सम्मानित सबिता उप्रेती सम्मिलित समिति गठन गरेको थियो।

    उक्त समितिको सिफारिसमा अवार्ड पाउनेहरुको नाम सिफारिस गरिएको थियो।

    कार्यक्रममा नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले नीति निर्माण तहमा युवाहरुको उपस्थिति न्यून भएकाले धेरै मुद्दाहरु ओझेल परेको बताए।

    उनले राज्यले युवामा लगानी गर्न र आगामी बर्षदेखि राष्ट्रिय युवा बर्ष मनाउने व्यवस्था गर्न सरकारसँग माग गरे। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend