मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको प्रदर्शन, ५१ जना पक्राउ

रास्वपाको प्रदर्शन, ५१ जना पक्राउ

images
२०८१ कार्तिक १३ गते, मंगलवार
२०८१ कार्तिक १३ गते, मंगलवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास अगाडी गरेको प्रदर्शनका क्रममा ५१ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

    images

    रास्वपाले सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आज मंगलबार वालुवाटार केन्द्रित प्रदर्शन गरेको हो। प्रदर्शनमा पार्टीका केन्द्रीय नेताहरुसमेत सहभागी छन।

    images

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ।पक्राउ पर्नेमा  १ महिला र ५० जना पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    रास्वपाले आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको, अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र गरिएको भन्दै वार्ता र संघर्ष सँगस्ँगै अघि बढाउने निर्णय गरेको थियो।

    सहकारी ठगी प्रकरणको अनुसन्धानका नाममा पक्राउ गरिएका आफ्ना सभापति रबि लामिछानेलाई राजनीतिक प्रतिशोध त्यागी तत्काल रिहाइ गर्न सरकारसँग माग गर्दैआइरहेको छ।

    रास्वपाले केन्द्रीय समिति बैठकमार्फत राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवम सहकारी पीडितको ८८ अर्ब फिर्तासहित न्यायका लागि आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

    लमिछानेलाई प्रहरीले गत २ कार्तिकमा काठमाडौबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो। उनलाई कार्तिक ४ गते पहिलोपटक जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै  प्रहरीलाई अनुमति दिएको  थियो।

    सो म्याद सकिएपछि पुन: प्रहरीले म्याद थपका लागि अदालतसँग अनुमति मागेकोमा जिल्ला अदालत कास्कीले दोस्रोपटक ७ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो।

    पछिल्लोपटक थपिएको म्यादसमेत कार्तिक १४ मा सकिंदैछ। तर कार्तिक १५ देखि नै तिहार बिदा हुने भएकाले उनलाई कार्तिक २० गते मात्रै अदालत उपस्थित गराइने सम्भावना छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend