मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सभापति पक्राउको विरोधमा रास्वपा सडकमा: प्रधानमन्त्रीको निवास अगाडी आज प्रदर्शन गरिंदै

सभापति पक्राउको विरोधमा रास्वपा सडकमा: प्रधानमन्त्रीको निवास अगाडी आज प्रदर्शन गरिंदै

images
२०८१ कार्तिक १३ गते, मंगलवार
२०८१ कार्तिक १३ गते, मंगलवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले प्रतिशोधपुर्ण व्यवहार गरेको भन्दै त्यसका विरुद्ध आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार अगाडी  विरोध प्रदर्शन गर्दैछ।

    images

    रास्वपाले राजनीतिक प्रतिशोधका लागि आफ्ना सभापति रबि लामिछानेलाई हिरासतमा राखिएको, अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र गरिएको भन्दै   केन्द्रीय समिति बैठकमार्फत वार्ता र संघर्ष सँगस्ँगै अघि बढाउने निर्णय गरेको थियो।

    images

    सोही निर्णय अनुसार रास्वपाले आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार अगाडी विरोध प्रदर्शनको कार्यक्रम गर्ने तयारी गरेको हो।

    विरोध कार्यक्रममा देशभरबाट सहभागी हुन रास्वपाले आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई आग्रहसमेत गरेको छ। प्रदर्शनलाई रास्वपाले `राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्ध बृहत प्रदर्शन´ भनेको छ।

    गत शनिबार पार्टी केन्द्रीय कार्यालय चमतीमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले वार्ता र संघर्षका कार्यक्रमका लागि मुल समिति बनाएको थियो।

    रास्वपाले वार्ताका लागि उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा र संघर्षका लागि अर्का उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा समिति बनाएको हो। 

    रास्वपाले वाग्लेको नेतृत्वमा बनाएको समितिलाई `राजनीतिक नागरिक संवाद´का लागि भनिएको छ। यस्तै अर्यालको नेतृत्वमा बनाएको समितिले सातै प्रदेशका सभापतिलाईसमेत समेटेर प्रदेश स्तरमासमेत आन्दोलन गर्ने रणनीति लिएको छ।

    सहकारी ठगी प्रकरणको अनुसन्धानका नाममा पक्राउ गरिएका आफ्ना सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध त्यागी तत्काल रिहाइ गर्न सरकारसँग माग गर्दै रास्वपाले वार्ता र संघर्ष एकैपटक अघि बढाउन समिति बनाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका थिए।

    रास्वपाले केन्द्रीय समिति बैठकमार्फत राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवम सहकारी पीडितको ८८ अर्ब फिर्तासहित न्यायका लागि आन्दोलन जारी राख्ने निर्णय गरेको थियो।

    लमिछानेलाई प्रहरीले गत २ कार्तिकमा काठमाडौबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो। उनलाई कार्तिक ४ गते पहिलोपटक जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै  प्रहरीलाई अनुमति दिएको  थियो।

    सो म्याद सकिएपछि पुन: प्रहरीले म्याद थपका लागि अदालतसँग अनुमति मागेकोमा जिल्ला अदालत कास्कीले दोस्रोपटक ७ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो।

    पछिल्लोपटक थपिएको म्याद १४ कार्तिकमा सकिंदैछ। तर कार्तिक १५ देखि नै तिहार बिदा हुने भएकाले उनलाई कार्तिक २० गते मात्रै अदालत उपस्थित गराइने सम्भावना छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend