मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजबाट तिहार सुरु : धनतेरस आजै, १५ गते लक्ष्मी पुजा

आजबाट तिहार सुरु : धनतेरस आजै, १५ गते लक्ष्मी पुजा

images
२०८१ कार्तिक १३ गते, मंगलवार
२०८१ कार्तिक १३ गते, मंगलवार
  • काठमाडौं। यस वर्षको तिहार आजबाट सुरु हुँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार यस वर्षको तिहारकाबारे जानकारी दिंदै शुभ साइतसमेत सार्वजनिक गरेको छ।

    images

    जसअनुसार आज मंगलबार धनतेरस पर्व परेको छ।
    यस्तै कार्तिक १४ गते अर्थात भोलि बुधबार कागतिहार र यमदीपदान परेको समितिले जनाएको छ।

    images

    यसैगरी आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।  कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार परेको छ भने १६ गते शुक्रबार औंसी परेको समितिले जनाएको छ।

    यस्तै कार्तिक १७ गते शनिबार गाई/गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा परेको छ भने त्यही दिनबाट नेपाल संवत् ११४५ प्रारम्भ हुनेछ।

    समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।

    समितिको बैठकले भाइटीकाको शुभ साइत तय गरेको र पश्चिम मोहडा गरेर भाइटीका लगाउनु उत्तम हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend