मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुजाको प्रसाद खाएका २५ जनालाई  ‘फुड पोइजन’

पुजाको प्रसाद खाएका २५ जनालाई  ‘फुड पोइजन’

images
२०८१ कार्तिक १२ गते, सोमवार
२०८१ कार्तिक १२ गते, सोमवार
  • अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन्।

    images

    सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

    images

    बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।

    उनीहरु सबैको अवस्था सामान्य रहेको तिवारीले जानकारी दिए। गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल पुगेका थिए। ‘फुड पोइजन’ का कारण उनीहरु बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

    बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend