काठमाडौं। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रबि लमिछानेसँग सोमबार साँढे ८ घण्टा बयान लिइएको छ।
सोमबार दिउँसो साँढे ११ बजेबाट जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा सुरु भएको बयान राती करिब ८ बजे सकिएको थियो। लामोसमय सम्म पनि बयान नसकिएपछि उनलाई बयान बाँकी राखेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको छ।
लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर बयान लिएका थिए।
गत कार्तिक २ मा गते लामिछानेलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको थियो भने उनलाई कार्तिक ४ गते पहिलोपटक जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै प्रहरीलाई अनुमति दिएको थियो।
सो म्याद सकिएपछि पुन: प्रहरीले म्याद थपका लागि अदालतसँग अनुमति मागेकोमा जिल्ला अदालत कास्कीले दोस्रोपटक ७ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो।
पछिल्लोपटक थपिएको म्यादसमेत १४ कार्तिकमा सकिंदैछ। तर कार्तिक १५ देखि नै तिहार बिदा हुने भएकाले उनलाई कार्तिक २० गते मात्रै अदालत उपस्थित गराइने सम्भावना छ।



