मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

महिला राष्ट्रिय फुटबल खेलाडिहरुको क्लोज क्याम्पमा पुगे स्वास्थ्यमन्त्री : घाइते भएमा निःशुल्क उपचार

महिला राष्ट्रिय फुटबल खेलाडिहरुको क्लोज क्याम्पमा पुगे स्वास्थ्यमन्त्री : घाइते भएमा निःशुल्क उपचार

images
२०८१ कार्तिक १२ गते, सोमवार
२०८१ कार्तिक १२ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन्।

    images

    सोमबार खेलाडिहरुको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडिहरुलाई धन्यवाद पनि दिएका हुन।

    images

    मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरु र खेलाडिसामु खेलका क्रममा कोही खेलाडि वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए।

    ‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं।’

    खेलाडिहरुको हौसला बढाउँदै उहाँले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडिहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

    यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडिको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend