मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

images
२०८१ कार्तिक १२ गते, सोमवार
२०८१ कार्तिक १२ गते, सोमवार
  • काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

    images

    समितिका अनुसार कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको छ।

    images

    समितिको आज सोमबार बसेको बैठकले भाइटीकाको शुभ साइत तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। 

    समितिले पश्चिम मोहडा गरेर भाइटीका लगाउनु उत्तम हुने भनेको छ।

    यसवर्षको यमपञ्चक अर्थात तिहार कार्तिक १३ गते मंगलबार (भोलि) बाट सुरुहुँदै छ। मंगलबार धनतेरस पर्व मनाइन्छ।

    यस्तै कार्तिक १४ गते बुधबार कागतिहार र यमदीपदान परेको समितिले जनाएको छ।
    यसैगरी आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

    कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार परेको छ भने १६ गते शुक्रबार औंसी परेको समितिले जनाएको छ।

    यस्तै कार्तिक १७ गते शनिबार गाई/गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा परेको छ भने त्यही दिनबाट नेपाल संवत् ११४५ प्रारम्भ हुनेछ।

    भाइटीका भने १८ गते आइतबार परेको समितिले जनाएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend