मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बमको हल्ला: बम डिस्पोजल टोली विमानस्थल पुग्यो

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बमको हल्ला: बम डिस्पोजल टोली विमानस्थल पुग्यो

images
२०८१ कार्तिक १२ गते, सोमवार
२०८१ कार्तिक १२ गते, सोमवार
  • काठमाडौं। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम राखिएको हल्ला पछि नेपाल प्रहरी र नेपाली सेनाले विमानमा जाँच थालेका छन।

    images

    सोमबार (आज) दिउँसो २ बजेर ४१ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर इण्डियाको विमानमा फर्किने तयारी हुँदै गर्दा बम राखिएको सुचना दिइएको थियो। भारतबाटै आएको सुचनापछि विमानमा नेपाल प्रहरी र नेपाली अएनाले चेकजाँच थालेका छन।

    images

    विमानस्थल प्रहरी स्रोतले ३ बजेर १५ मिनेटमा विमानमा बम रहेको सुचना आएको बताएको छ। त्यसलगत्तै विमानमा प्रहरी र सेनाको टोलीले विमानलाई घेरा हालेर जाँच गरिरहेको छ भने बम डिस्पोजल टोलीसमेत परिचालन गरिएको छ। यस्तै तालिमप्राप्त कुकुरहरुसमेत लगेर डग स्निफिङ जाँच भैरहेको छ।

    यसअघिसमेत भारतको दिल्लीबाट काठमाडौ आएको भिस्तारा  एयरको विमानमा बम राखिएको हल्ला फैलाइएको थियो। त्यसबखतसमेत भारतबाट नै विमानमा बम राखिएको सुचना आएपछी कडा रुपमा चेकजाँच गरिएको थियो। तर त्यसबखत विमानमा जाँच गर्दा कुनै पनि वस्तु फेला परेको थिएन।

    पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रहेका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ। यसले भारतको विमान सेवामै तनाव सिर्जना गराएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend